
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ र दुईवटा विधेयक प्रस्तुत गरिने कार्यसूची छ।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
- आज तीन वटा संसदीय समितिका बैठकहरू पनि बस्नेछन् जसमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक हुनेछ।
८ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4