+
+
Shares

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक अघि बढाउँदै प्रतिनिधिसभा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १०:५३

८ साउन, काठमाडौं । प्रतिनिधिसभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक अघि बढाउँदै छ ।

सरकारले नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजलाई एकीकृत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने गरी तिलगंगा नेत्र विश्वविद्यालय विधेयक ल्याएको छ । यी दुवै संस्था गैरसरकारी संस्था हुन् ।

प्रस्तावित विधेयकमा नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको सम्पत्ति विश्वविद्यालयमा सार्ने लगायतका विषय रहेका छन् ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले यो विधेयकमाथि माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । त्यसपछि सांसदहरूले सैद्धान्तिक धारणा राख्नेछन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको हो ।

प्रस्तावित तिलगंगा नेत्र विश्वविद्यालय नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको सम्पत्ति तिलगंगा नेत्र विश्वविद्यालयमा सार्ने लगायतका प्रावधान छ ।

संस्था दर्ता ऐन अन्तर्गत गठित गैरसरकारी संस्थाको सम्पत्ति र दायित्व विश्वविद्यालयमा सार्न मिल्ने/नमिल्ने विषयमा विधायन व्यवस्थापन समितिले महान्यायाधिवक्ता को राय लिएको हो । महान्यायाधिवक्ता रमेश बडालले सार्न मिल्ने राय दिएका थिए ।

आँखा कार्यक्रम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता छ भने अन्धोपन निवारण समाज मकवानपुरमा दर्ता छ ।

गैरसरकारी संस्था विघटन गरेर त्यसले सञ्चालन गर्दै आएको अस्पताल, शैक्षिक कार्यक्रम र कर्मचारीहरूको दायित्व नेत्र विश्वविद्यालयमा सर्ने प्रस्ताव प्रस्तावित विधेयकमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?