+
+
Shares

सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा छौं : मन्त्री सुडी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १४:०१

८ साउन, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराएका हुन् । उनले सडक बालबालिका मुक्त अभ्यिान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण, निर्देशिका, २०८२ स्वीकृत भइसकेको बताए ।

‘सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भएको छ । नेपाल सरकारको मिति २०८१ असार ३१ को निर्णयअनुसार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको छ,’ उनले भने ।

हराएका ६ हजार ५ सय ९० जना बालबालिकाको खोजतलास गरी ५ हजार ८ सय ३१ जना र बेवारीस फेला परेका ३ सय ८३ जनाको उद्धार गरी ६ हजार २ सय १४ को पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गरिएको बताए ।

भारतका विभिन्न ठाउँमा बेवारीस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनर्स्थापना गरिएको उनले जानकारी दिए ।

‘हराएका ६५९० जना बालबालिकाको खोजतलास गरी ५८३१ जना र बेवारीस फेला परेका ३८३ जनाको उद्धार गरी ६२१४ को पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गरिएको छ । भारतका विभिन्न ठाउँमा बेवारीस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनर्स्थापना गरिएको छ,’ उनले जानकारी गराए ।

जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको र २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको बताउनु भयो । मन्त्री सुडीका अनुसार बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ ।

‘जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको छ। २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको छ । बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ,’ मन्त्री सुडीले अघि भने, ‘गत आवमा मन्त्रालयको कुल बजेट १ अर्ब ३० करोड ३२ लाख ७५ हजार ६ सय ८ मध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भई जम्मा ५०.१६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।’

मन्त्री सुडीकाअनुसार गत आवमा मन्त्रालयको कुल बजेट १ अर्ब ३० करोड ३२ लाख ७५ हजार ६ सय ८ मध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भई जम्मा ५०.१६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?