+
+
Shares

अनमोल केसीको ‘जेरी अन टप’ ३१ असोजमा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'जेरी अन टप' असोज ३१ गते (१७ अक्टोबर) रिलिज हुने निर्माता टोलीले विहिबार पोस्टर सार्वजनिक गर्दै जानकारी दिएका छन्।
  • फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माबीचको त्रिकोणात्मक प्रेमकथा देखाइनेछ।
  • छायांकन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा गरिएको यो फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन्।

काठमाडौं । अनमोल केसी र जसिता गुरुङ स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्माताले विहिबार पोस्टर सार्वजनिक गर्दै फिल्म असोज ३१ गते (१७ अक्टोबर)मा रिलिज हुने जनाएका हुन् ।

सार्वजनिक ३ पोस्टरमध्ये दुईमा अनमोल र जसितालाई चित्रण गरिएको छ । अर्कोमा आँचल शर्मासँग अनमोल देखिएका छन् । जसले यी तीन पात्रबीचको त्रिकोणात्मक सम्बन्ध देखिन्छ ।

घुमफिरको क्रममा हुने प्रेमकथाको कथावस्तुमा आधारित यो फिल्मको छायांकन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा गरिएको छ । पोस्टरमा अनमोल र जसितालाई पदयात्रामा हिँडेको देखिन्छ ।

फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । कथा हेमराज बीसीको छ । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले फिल्म निर्माण गरेका हुन् ।

यो फिल्ममा भुवन केसी, उषा खड्गी र केदार घिमिरेको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?