+
+
Shares

साउन १० गते झम्सिखेलमा सांग्रिला संवाद

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १६:५३

८ साउन, काठमाडौं । पठन संस्कृति अभिवृद्धि गर्ने र साहित्य तथा कलामाथि छलफल गर्ने उद्देश्यले सांग्रिला लिटरेचर फेस्टिबलले मासिक रुपमा सांग्रिला संवाद आयोजना गर्ने भएको छ ।

सुरुवाती संवाद मोक्ष बार एन्ड रेस्टुरेन्ट, झम्सिखेलमा यही साउन १० गते दिउँसो २ बजेपछि सुरु हुने आयोजकले जनाएको छ ।

फेस्टिबलका निर्देशक केन सुवेदीले जारी गरेको प्रेस वक्तव्यअनुसार प्रथम संवाद कवितामा समर्पित हुनेछ । वक्तव्यमा लेखिएको छ, ‘संवाद कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवससँग कवि रमेश क्षितिजबीच वार्तालाप रहेको छ ।’

उक्त वार्तालापमा दिवसको साहित्यिक जीवन र त्यसमा गरेका समर्पण साथै संस्कृति विकासमा कविताको भूमिकामाथि छलफल गरिने जानकारी समावेश छ ।

अन्तरक्रियापछि हुने कविता वाचन सत्रमा वरिष्ठ र युवा कविहरूले आफ्ना उत्कृष्ट कविता वाचन गर्नेछन् । कविहरू अविनास श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, गिता त्रिपाठी, ज्योति जंगल, बिमला तुम्खेवा, शाकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती, सबिता गौतम दाहाल र दीपक सापकोटाले आफ्ना कविताहरू सुनाउने तालिका छ ।
कार्यक्रमको उद्घाटन तुलसी दिवसले गर्ने छन् । प्रेस वक्तव्यमा लेखिएको छ, ‘छलफल, अन्तरक्रिया, किताब विमोचन, पठनका लागि साथै समग्र लेखन पठन संस्कृतिको वृद्धिविकासको लागि कार्यक्रम मासिक रुपमा आयोजना गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?