+
+
Shares

‘मितज्यू’मा जोडिए सौगात मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता सौगात मल्ल फिल्म 'मितज्यू'मा अनुबन्धित भएका छन् र निर्मातासँग विहीबार लिखित सम्झौता भएको छ।
  • निर्देशक अनिल बुढाको दोस्रो कथानक प्रोजेक्ट 'मितज्यू'मा दयाहाङ राई, तेरिया मगर, स्मिता लामिछाने लगायत अनुबन्धित भइसकेका छन्।
  • फिल्म 'मितज्यू' मंसिर दोस्रो सातादेखि पोखरा ढोरपाटन क्षेत्रमा छायांकन हुनेछ र २७ चैत २०८२ मा प्रदर्शन हुने अपेक्षा गरिएको छ।

काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘मितज्यू’मा अनुबन्धित भएका छन् । निर्मातासँग विहीबार उनको लिखित सम्झौता भएको छ ।

यसअघि ‘घरज्वाइँ’ र ‘आग्रे’ वृत्तचित्र निर्देशन गरेका अनिल बुढाको यो दोस्रो कथानक निर्देशकीय प्रोजेक्ट हुनेछ ।

यो फिल्ममा यसअघि दयाहाङ राई, तेरिया मगर, स्मिता लामिछाने लगायत अनुबन्धित भैसकेका छन् । अन्य कलाकार तय गर्ने क्रम जारी रहेको जनाइएको छ ।

‘गाउँ आएको बाटो’ फेम्ड महेश राईको पटकथा लेखन रहेको यो फिल्मलाई जनक घर्तीमगरले निर्माण गर्नेछन् । घर्तीले यसअघि ‘घरज्वाइँ’ फिल्मको निर्माण गरेका थिए ।

शिशिर विशंखेले छायांकन गर्नेछन् । जीएम मूभिज प्रोडक्सन प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । मंसिर दोस्रो सातादेखि पोखरा ढोरपाटन क्षेत्रमा फिल्म छायांकन हुनेछ ।

यो फिल्म २७ चैत, २०८२ मा प्रदर्शन हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?