+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोरखा डान्स च्याम्पियन सञ्चालनको नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १७:१०

९ साउन, गोरखा । गोरखा डान्स च्याम्पियन संचालनको नाममा ठगी गरेको आरोपमा गोरखाबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाकी २० वर्षीया आयुषा पाण्डे, २१ वर्षीय पुरुषोत्तम न्यौपाने, कन्चन गाउँपालिकाकी २० वर्षीया शारदा क्षेत्री र १९ वर्षीया तनिशा मगर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले बुधवार आरुघाटमा डान्स च्याम्पियन संचालन गरी बालबालिकालाई सहभागी गराएर विभिन्न प्रलोभन देखाई अभिभावक मार्फत रकम असुली गरी ठगी गरेको प्रहरी नीरिक्षक धु्रवप्रसाद घिमिरेले बताए ।

‘एपी नाँच घर तिलोत्तमा मणिग्राम रुपन्देहीद्धारा आयोजना गरेको भन्ने पारी गोरखा डान्स च्याम्पियन २०८२ संचालन गरी बिभिन्न ठाउँका बालबालिकाहरुलाई नाँचमा सहभागी बनाई छनोट गरिरहेका रहेछन्,’ उनले भने, ‘सहभागीहरुलाई फाइनल जित्नका लागि निजहरुले उपलब्ध गराएको प्रति गोटा एक सय रुपैयाँ पर्ने भोटिङ कार्ड लिई जसले धेरै भोटिङ कार्ड कटाउन सक्छ उ नै बिजेता हुने, बिजेता विभिन्न कार्यक्रममा सहभागी हुन पाउने, बिभिन्न पुरस्कारहरु समेत जित्ने भनि झुठो प्रलोभन देखाएर नाँचमा सहभागी बालबालिकाहरुको अभिभावक मार्फत रकम असुली गरी ठगी गरेको देखियो ।’

पक्राउ परेकाहरुको साथबाट ८९ हजार ७६० नगदसहित पुरै काटेको टिकटको अर्धकट्टी प्याड ७ थान, केही प्रति काटेको टिकटको प्याड १४ थान र नकाटेको टिकट प्याड १३ थान बरामद गरिएको प्रहरी नीरिक्षक शर्माले बताए ।

उनीहरु बिरुद्ध ठगी सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?