
News Summary
Generated by OK AI. Editorially reviewed.- साइमेक्स इन्क प्रालिले बिहीबार नेपालमा बीवाईडी सिलायन–७ नामक नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ।
- सिलायन–७ मा १०० किलोवाट इलेक्ट्रिक मोटर, ७१.८ किलोवाट आवर ब्लेड ब्याट्री र ४०० किलोमिटरको डब्लूएलटीपी रेन्ज रहेको छ।
- नेपालका लागि यसको खुद्रा मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने प्रारम्भिक अर्ली बर्ड मूल्य ७२ लाख ९९ हजार रुपैयाँ छ।
काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले बहुप्रतीक्षित ‘बीवाईडी सिलायन–७’ (सेभेन) बिहीबार सार्वजनिक गरेको छ । सिलायन–७ देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीका रूपमा आएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपालका लागि चिनियाँ राजदूत चेन सङले दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै प्रशंसा गरे । साथै, उनले बीवाईडी सिलायन–७ जस्ता प्रविधि सम्पन्न विद्युतीय सवारीसाधन प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे ।
साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले भने, ‘बीवाईडी सिलायन–७ मा नवीनतम विद्युतीय प्रविधि, प्रिमियमस्तरको कम्फर्ट र नेपालका लागि तयार पारिएको इन्जिनियरिङबाट संयोजन गरिएको छ । १०० किलोवाट भेरिएन्ट र आकर्षक प्रारम्भिक मूल्यसहित नेपाली बजारमा अर्को एक महत्त्वपूर्ण मोडेल प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरेका छौं । दिगो यातायातको माग बढ्दै गर्दा सिलायन–७ ले सार्थकता र आकर्षण दुवैसाथ विद्युतीय सवारीप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउने छ ।’
विशेषता र मूल्य
नेपालका लागि नयाँ पिढीको विद्युतीय एसयूभी हो सिलायन–७ । अब नेपालमा १०० किलोवाटको रियर–ह्विल ड्राइभ कन्फिगरेसनमा उपलब्ध छ, जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन र लामो दुरी क्षमताका लागि इन्जिनियरिङ गरिएको छ । यो मोडेल बीवाईडीको ओसिएन सिरिजको हिस्सा हो ।
नेपालमा बीवाईडी सिलायन–७ को खुद्रा मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, प्रारम्भिक अर्ली बर्ड मूल्य ७२ लाख ९९ हजार रुपैयाँ (सीमित अवधिका लागि) मा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
प्रारम्भिक चरणमा बुकिङ गर्ने ग्राहकले विशेष वारेन्टी प्याकेज सुविधा पनि पाउनेछन् । यसमा ब्लेड ब्याट्री १० वर्ष र २ लाख किलोमिटर रहेको छ ।
इलेक्ट्रिक मोटर १० वर्ष र १ लाख ८७ हजार ५ सय किलोमिटर, पूरै सवारीसाधन (एलएभी साथ) ७ वर्ष र १ लाख ५० हजार किलोमिटर रहेको छ । यसमा भने सर्तहरू लागु हुनेछ ।
नवीनतम प्रविधि र विशेषता
यस गाडीमा सेल–टु–बडी (सीटीबी) इन्टिग्रेसन सहित ब्लेड ब्याट्री रहेको छ । बीवाईडीको अत्याधुनिक ई–प्ल्याटफर्म ३.० मा निर्मित सिलायन–७ क्रान्तिकारी ब्लेड ब्याट्रीमा जडित भएकाले विश्वव्यापी रूपमा यसको सुरक्षा, टिकाउपन र नयाँ प्रविधिका लागि चर्चित छ । सीटीबी इन्टिग्रेसन मार्फत ब्याट्री सवारीसाधनको संरचनाको अभिन्न भाग बन्छ, जसले इन्टेरियर र गाडीको सन्तुलन राम्रो बनाउने कम्पनीको भनाइ छ ।
यस गाडीमा रहेको ब्याट्रीको क्षमता ७१.८ किलोवाट आवर र डब्लूएलटीपी रेन्ज ४ सय ४० किलोमिटर छ ।
कम्पनीका अनुसार सिलायन–७ मा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जुन ३८० न्युटन मिटर टर्क उत्पादन गर्न सक्षम छ र विश्व कीर्तिमान राख्ने २३००० आरपीएममा घुम्ने क्षमता राख्छ । यो उच्च गति मोटरले तीव्र एक्सेलेरेसन सुनिश्चित गर्दै बीवाईडीको इलेक्ट्रिक पावरट्रेन नवप्रवर्तनमा नेतृत्वलाई मजबुत बनाउँछ ।
डबल विसबोन फ्रन्ट सस्पेन्सन र मल्टी–लिंक रियर सस्पेन्सन भएको यो सवारीसाधनको सबै कुनामा फ्रिक्वेन्सी सेलेक्टिभ ड्याम्पिङ (एफएसडी) सक अब्जर्भरहरू छन् । यस्तो प्रणालीले ड्राइभिङको समयमा सटिक नियन्त्रण प्रदान गर्दा नेपालका विविध सडक अवस्थामा उत्कृष्ट कम्फर्ट सुनिश्चित गर्छ ।
बीवाईडीका ग्लोबल डिजाइन निर्देशक वोल्फग्याङ एगरको नेतृत्वमा तयार पारिएको सिलायन–७ आफ्नो स्पोर्टी बनावट, दुई तहको वेस्टलाइन र कुप शैलीको फास्टब्याक रुफलाइनका लागि परिचित छ ।
यस सवारीको मोटर १०० किलोवाट र ३८० एनएम, शीर्ष गति १ सय ६० किलोमिटर प्रतिघण्टा, ७१.८ किलोवाट आवर ब्लेड ब्याट्री, रेन्ज ४ सय ४० किलोमिटर छ भने डिस्प्ले १५.६ इन्च घुमाउन मिल्ने टचस्क्रिन र वारेन्टी १० वर्ष र २ लाख किलोमिटरसम्म (प्रारम्भिक अफर अन्तर्गत) उपलब्ध छ ।
नेपाली बजारमा साइमेक्सले ल्याएको बीवाईडीको यो मोडेल छैटौं हो ।
प्रतिक्रिया 4