+
+
Shares

प्रधानमन्त्री ओलीले चढाए रौजा मजारको समाधिस्थलमा चादर

महोत्तरीको रातु पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले नजिकै रहेको मजार सरिफमा पुगेर चादर चढाएका गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १४:५९

९ साउन, जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको बलवा नगरपालिकास्थित रौजा मजारको समाधिस्थलमा चाँदर चादर चढाएका छन् ।

महोत्तरीको रातु पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले नजिकै रहेको मजार सरिफमा पुगेर चादर चढाएका गरेका हुन् ।

नेपालको अजमेर सरिफ भन्ने चिनिएका रौजमा मजारमा मुस्लिम धर्मका सुफि सन्त बाबा गदाअली शाह, बाबा बहार अली शाह र बाबा रहम अली शाहका दरगाह (समाधि स्थल) रहेका छन्। मुस्लिम र हिन्दु समुदायको साँझा धर्मिक पर्यटकीय स्थलको रुपमा चिनिएका सो मजार सरिफमा दैनिक हजारभन्दा बढी श्रद्धालुभक्तजन पुग्ने गरेका छन्
।

प्रधानमन्त्री ओलीले मजार सरिफा विकास समितिका पदाधिकारीहरु सँग मजारको वर्तमान अवस्थाको वारेमा जानकारी समेत लिएका थिए । मजार सरिफ विकास समितिका अध्यक्ष समिल राईनले मजारको अवस्था तथा बाबाहरुको महिमाको वारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले रौजा मजार सरिफलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नु बताए । मजारलाई विकास गरेको खण्डमा यसले धार्मिक पर्यटन प्रबन्धनमा टेवा पुग्ने बताए ।

प्रधानमन्त्री ओलीसँगै संघ सरकारका श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी, लोकतानित्रक पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता जयनुल राईनसहितले रौजा मजार सरिफमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?