+
+
Shares

बेमौसमी सयपत्री

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते ८:४८

११ साउनगुल्मी । रेसुङ्गा नगरपालिका–६ सिमाघाटका कृषक प्रेम नेपालीले बेमौसमी फूल उत्पादन गरिरहेका छन् ।

विगत दश वर्षदेखि करिब १२० रोपनी क्षेत्रफलमा विभिन्न तरकारी खेतीका साथै उनले बेमौसमी फूल खेती पनि गर्दै आएका छन् ।

नेपालीले यस सिजनमा डेढ रोपनी क्षेत्रफलमा सयपत्री फूलको बेमौसमी खेती गरेका छन् । उनको फार्ममा उत्पादन भएका सयपत्री फूलहरू अहिले बजारमा बेच्नका लागि तयार भएका छन ।

प्रेम नेपालीले मौसम बाहिर उत्पादन गर्दा राम्रो आम्दानी हुने अपेक्षा बेमौसमी सिजनमा उत्पादन गरेको बताए ।

गुल्मी जिल्लामा बेमौसमी सिजनमा फूलको लागि बुटवललगायत अन्य ठाउँबाट ल्याउनुपर्ने अवस्था रहेको थियो ।

पछिल्लो समय जिल्लामै व्यवसायिक रुपमा मौसमी रुपमा फूल खेती हुने गरेको छ । तर, बेमौसमी सिजनमा भने कमैले खेती गरेको पाइन्छ ।

बेमौसमी फूल उत्पादनमार्फत नेपालीले कृषिमा व्यवसायिकता र सम्भावनाको नयाँ उदाहरण प्रस्तुत गरेका छन् ।

नेपालीले मागका आधारमा फूल बजारमा पठाउने तयारी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?