+
+
Shares

संसदीय समितिले त्रिवि क्रिकेट मैदान अवलोकन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १३:१३

११ साउन, काठमाडौं । संसदीय समितिले कीर्तिपुरमा स्तरोन्नति भइरहेको त्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानको अवलोकन तथा अनुगमन गर्ने भएको छ ।

आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले त्रिवि त्रिकेट मैदान अवलोकन गर्ने भएको हो ।

समितिले सोमवार दिउँसो २ बजे क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले जानकारी दिए ।

त्रिविको त्रिकेट मैदान स्तरोन्नति गर्ने क्रममा हाल प्यारापिट तथा फ्लड लाइट जडानको काम जारी छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भराएर काम भइरहेको छ ।

मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर (जेभी) कम्पनी र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?