+
+
Shares
संगीत :

अनिल सिंहको आरोप : म्युजिक नेपाल र म्युजिक डटकमले मेरो करिअर ध्वस्त पार्दैछन्

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पपगायक अनिल सिंहले म्युजिक नेपाल र म्युजिक डटकमले आफ्नो संगीत करिअर र जीवन बर्बाद पार्न लागेको आरोप लगाएका छन्।
  • उनले सामाजिक संजालमा भिडियो सेयर गर्दै आफू डिप्रेसनमा जान बाध्य हुन लागेको बताएका छन्।
  • सन् २००० को सुरुवाती कालखण्डमा सिंह चर्चित पपगायक हुन् र उनका गीतहरू प्रेम, हृदयविदारक र सम्बन्धको अन्वेषण गर्ने छन्।

काठमाडौँ । चर्चित पपगायक अनिल सिंहले सामाजिक संजालमा एक भिडियो सेयर गर्दै संगीत उत्पादन र वितरण कम्पनीले आफ्नो संगीत करिअर र जीवन बर्बाद पार्न लागेको आरोप लगाएका छन् ।

म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई मर्न बाध्य बनाएको र जसको कारण आफू डिप्रेसनमा जान बाध्य हुन लागेको उनले भिडियोमा बताएका छन् ।

उनले सेयर गरेको भिडियोमा फिल्म निर्माता तथा संगीत उत्पादन कम्पनी म्युजिक डटकमका प्रमुख राजेश वंशल पनि देखिएका छन् । ‘सँधै अग्रिमेन्ट देखाएर मात्र हुन्छ ?’ गायक सिंहले प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य पार्छ । किन मेरो करियर र सङ्गीत जीवन बर्बाद पार्दैछ ?!’ यसअघिको एक भिडियोमा उनले इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डट कम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर आफ्नो गीत बेचेको आरोप लगाएका थिए ।

सन् २००० को सुरुवाती कालखण्डमा सिंह चर्चित पपगायक हुन् । इन्जिन गाडीमा, आइलभ यू, प्रेमपत्र, डुब्न देऊ उनका चर्चित पपगीत हुन् । उहाँ प्रेम, हृदयविदारक र सम्बन्धको अन्वेषण गर्ने मधुर र भावनात्मक गीतका लागि व्यापक रूपमा परिचित छन् ।

नेपालको रोमान्टिक पपगीतको लहरमा उनको नाम अग्रस्थानमा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?