+
+
Shares

‘अभिमन्यु’को हिन्दी संस्करण असोज ६ देखि विश्वभर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'अभिमन्यु : च्याप्टर १' को दुई नयाँ पोस्टर सोमबार सार्वजनिक भएका छन्।
  • यो फिल्म भदौ २७ गते रिलिज हुँदैछ र हिन्दी संस्करण असोज ६ मा विश्वब्यापी रिलिज हुने निर्माता विनोद पौडेलले जनाए।
  • फिल्मले पैसाको लोभमा फस्ने र संघर्ष गर्ने व्यक्तिको कथा समेटेको छ र सुशान्त गौतमको डेब्यु निर्देशन हो।

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माताले सोमबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

खुसी र तनाव दर्शाइएको पोस्टरमा शीर्ष कलाकार फिचर्ड छन् । पोस्टरमा ५ जना कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देवा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठ फिचर्ड छन् ।

यी दुई पोस्टरले चरित्र चित्रणलाई दर्शाउन खोजेका छन् । केही दिन अगाडि यो फिल्मको मोसन टिजर सार्वजनिक गरिएको थियो ।

यो फिल्म भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी संस्करण असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माताले जनाएको छ ।

हिन्दी भर्सन पनि विश्वब्यापी रिलिज हुने निर्माता विनोद पौडेलले जनाए ।

फिल्मले पैसाको लोभमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको यो फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?