
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले सन् १९९३ मा नेपालमा पहिलोपटक एमबीए कार्यक्रम सुरु गरेको थियो।
- लिटिल एन्जेल्स कलेज अफ म्यानेजमेन्टले व्यावसायिक सीप र उद्यमशीलतामा केन्द्रित कार्यक्रममार्फत विद्यार्थीहरूलाई उद्योगसँग जोड्ने गरेको छ।
- नेपाल कलेज अफ म्यानेजमेन्टले सामाजिक दायित्वसहित बीबीए र बीएचएम कार्यक्रममार्फत व्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ।
१३ साउन, काठमाडौं। नेपालमा व्यवस्थापन शिक्षामा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम), लिटिल एन्जेल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) र नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम)ले नयाँ मानक स्थापना गरेका छन् ।
यी संस्थाहरूले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय व्यवस्थापन शिक्षा नेपालमा नै प्रदान गर्दै आएका छन् । नेपालमा व्यवस्थापन शिक्षाको इतिहासमा सन् १९५४ देखि सुरु भएको थियो। यो यात्रा अहिले अन्तर्राष्ट्रियस्तरको उत्कृष्टतामा पुगेको छ। सन् १९९३ मा स्थापित कुसोमले नेपालमा पहिलोपटक एमबीए कार्यक्रम सुरु गरेको थियो।
यसले बीबीए, बीबीआईएस, बीएचएम, एमबीए, ईएमबीए र पीएचडीजस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावहारिक र उद्योग–उन्मुख शिक्षा दिने गरेको छ। कुसोमको विशेषता भनेको यसको अन्तर्राष्ट्रिय सम्बन्ध, अनुभवी प्राध्यापकहरू र उद्यमशीलतालाई प्रोत्साहन गर्ने संस्कृति हो।
यस्तै, एलएसीएम व्यावसायिक सीप र उद्यमशीलतामा केन्द्रित छ। लिटिल एन्जेल्स एजुकेसन ग्रुपको हिस्सा रहेको एलएसीएमले बीबीए, बीबीआईएस र बीएचएम कार्यक्रममार्फत विद्यार्थीहरूलाई उद्योगसँग जोड्ने गरेको छ। यसले ‘हाटबजार’जस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावसायिक अनुभव दिने गरेको छ। एलएसीएमको बलियो पूर्वविद्यार्थी सञ्जाल र उद्योगसँगको सहकार्यले यसलाई नेपालको अग्रणी व्यवस्थापन संस्था बनाएको छ।
एनसीएम भने सामाजिक दायित्वसहितको शिक्षा प्रदान गर्ने संस्था हो। धोबीघाटमा अवस्थित एनसीएमले बीबीए र बीएचएम कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यावसायिकरूपमा सक्षम बनाउँदै आएको छ।
यसले उद्योगसँगको नजिकको सम्बन्ध, अनुभवी प्राध्यापकहरू र आधुनिक सुविधामार्फत विद्यार्थीहरूको सिकाइ अनुभवलाई समृद्ध बनाएको छ । विद्यार्थीहरूले यी संस्थाहरूबाट प्राप्त गर्ने शिक्षा र सीपले उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सफल बनाउने विज्ञहरूको भनाइ छ ।
प्रतिक्रिया 4