
१२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
मन्त्रिपरिषद् स्रोतका अनुसार यही साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण स्वीकृत गरेको हो ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको अभाजामा हुँदैछ ।
उनी सोही सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4