+
+
Shares

भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ । बिहानदेखि मध्यपुरथिमिबाट आएको गुँला बाजाले मन्दिर प्रदक्षिणा गरेको छ ।

रासस रासस
२०८२ साउन १३ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको चाँगुनारायण मन्दिरमा आज नागपञ्चमीको अवसरमा बिहानदेखि दर्शनार्थीको भीड लागेको छ।
  • मन्दिरमा पूजा गरेपछि भक्तजनले घरघरमा नाग टाँस्ने प्रचलन छ र मध्यपुरथिमिबाट गुँला बाजाले प्रदक्षिणा गरेको छ।
  • शङ्खदहमा स्नान गरी पूजा गर्ने परम्परा छ र मन्दिरका पुजारीले नागपञ्चमीमा दिनभर दर्शनार्थीको भीड लाग्ने बताए।

१३ साउन, भक्तपुर। भक्तपुरको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो ।

चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ । बिहानदेखि मध्यपुरथिमिबाट आएको गुँला बाजाले मन्दिर प्रदक्षिणा गरेको छ ।

मन्दिरदेखि दक्षिणतर्फ ओरालोमा रहेको ऐतिहासिक शङ्खदह (साङ्ग दह) मा स्नान गर्न आउनेको पनि भीड छ ।

शंख दहमा स्नान गर्ने, पूजा गर्ने र दान गर्नेको भीड लागेको मन्दिरका पुजारी आभास राजोपाध्यायले जानकारी दिनुभयो । शङ्खदहमा स्नान गरेर चाँगुनारायण मन्दिरमा आएर शिव र विष्णुको पूजा गर्ने परम्परा छ ।

चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले हरेक वर्ष नागपञ्चमीमा बिहानदेखि दिनभर दर्शनार्थीको भीड लाग्ने बताए ।

उनले मन्दिरभित्र भक्तजनले एकै पटक शिव र विष्णुको दर्शन गर्ने बताए । उनले भने, ‘नागपञ्चमी नाग देवतासँग सम्बन्धित छ । आज दिनभर दर्शनार्थीको भीड लाग्ने गर्छ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?