+
+
Shares

प्रोटोनको नयाँ शोरुम पोखरामा

पोखराको बुद्धचोकमा खोलिएको नयाँ शोरुमले ग्राहकलाई प्रोटोनको प्रमुख विद्युतीय सवारीसाधन (ईभी) ‘प्रोटोन इमास ७’ को प्रत्यक्ष अनुभव प्रदान गर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १५:५६

१३ साउन, काठमाडौं । नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा आफ्नो पछिल्लो शोरुम आधिकारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

पोखराको बुद्धचोकमा खोलिएको नयाँ शोरुमले ग्राहकलाई प्रोटोनको प्रमुख विद्युतीय सवारीसाधन (ईभी) ‘प्रोटोन इमास ७’ को प्रत्यक्ष अनुभव प्रदान गर्ने छ ।

काठमाडौंमा सफल सुरुवातपछि पोखरामा खोलिएको शोरुम सन् २०२५ सम्म राष्ट्रव्यापी ईभी नेटवर्क स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाको महत्त्वपूर्ण हिस्सा भएको कम्पनीले जनाएको छ ।

यस अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श र सजिलो फाइनान्स तथा सरकारी अनुदान विकल्पबारे पनि सहजीकरण गरेको छ ।

बिक्रीपछिको सेल्स सपोर्ट अझ विश्वासिलो बनाउन नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखराभित्र तेस्रो सर्भिस सेन्टर स्थापना गरेको छ ।

शोरुम उद्घाटन वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा वडाको कार्यकारी समिति, नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समिति, होटल एसोसिएसन नेपाल–पोखरा च्याप्टर, एनवाईईएफका कार्यकारीहरू लगायत उपस्थित थिए ।

शोरुम उद्घाटनपछि स्थानीय अटोमोटिभ प्रेमीहरूको उपस्थितिमा नयाँ ईमास ७ प्रस्तुत गरिएको थियो । उपस्थित पाहुनालाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धताबारे जानकारी गराइएको थियो ।

‘प्रोटोन नेपाललाई प्राकृतिक सौन्दर्य र अग्रगामी मानसिकता दुवैलाई मूर्तरूप दिने सहर पोखरामा ल्याउन पाउँदा हामी गर्व गर्छौं,’ कार्यक्रममा जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘यो विस्तारको साथ हामी पश्चिमी क्षेत्रभरिका व्यक्ति र परिवारका लागि स्वच्छ र स्मार्ट गतिशीलतालाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं र यो सुरुवात मात्र हो ।’

सोही अवसरमा जगदम्बा मोटर्सले पहिलो साताका लागि पोखरामा प्रोटोन ग्राहकले शून्य प्रतिशत ब्याजदर घोषणा गरेको छ । यसका साथै प्रोटोनले पोखराको अटोमोबाइल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?