
१४ साउन, जनकपुरधाम । सिरहामा एक वृद्धको हत्या भएको छ । धनगढीमाई नगरपालिका-११ आमचोकका ७५ वर्षीय अनिल लाल यादवको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार राति सुतेकै ठाउँमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी उनको हत्या गरेको हो ।
आज बिहान ६ : २० बजे प्रहरीलाई उनी घाइते भएको खबर आएको थियो । प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा बिहान ८:२० बजे उनको मृत्यु भएको डीएसपी पासवानले बताए ।
उनको हत्या विरोधमा स्थानीयले बिहान केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4