+
+
Shares

पहिलो एक घण्टामा ३ अर्बको सेयर कारोबार, नेप्से ३ हजारमुनि

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सेयर बजारमा पहिलो एक घण्टामा ३ अर्ब २१ करोडको कारोबार भएको छ जुन अघिल्लो दिनको ६ अर्बभन्दा कम हो।
  • नेप्से परिसूचक ७ अंक घटेर २९९४ अंकमा कायम भएको छ र ७६ कम्पनीको मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ।
  • सान्भी इनर्जी र ट्रेड टावरको मूल्य १० प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.४ प्रतिशतले घटेको छ।

१४ साउन, काठमाडौं । बुधबार सेयर बजार केही सुस्ताउने संकेत देखिएको छ । कारोबार सुरु भएको पहिलो एक घण्टामा ३ अर्ब २१ करोडको कारोबार भएको छ । अघिल्लाे दिन पहिलो घण्टा ६ अर्बको कारोबार भएको थियो ।

एक घण्टामा नेप्से परिसूचक ७ अंक घटेर २९९४ अंकमा कायम भएको छ । यतिबेलासम्म ७६ कम्पनीको मूल्य बढ्दा १७२ को घटेको छ । लगानी, अन्य र व्यापार झिनो अंकमा हरियो भएका छन् । अरु सबै समूह घटेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै १.४ प्रतिशत घटेको छ ।

दुई कम्पनी सान्भी इनर्जी र ट्रेड टावरको मूल्य १० प्रतिशत बढेको छ । धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, लुम्बिनी विकास बैंक, कालिका पावर र हिमालयन रिइन्स्योरेन्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?