
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सेयर बजारमा कुल १६ अर्ब ४४ करोडको कारोबार भएको छ।
- टप १० ब्रोकर कम्पनीले कुल कारोबारको ३५ प्रतिशत हिस्सा ओगटेको छ।
- आज बजार ४७.९३ अंकले घटेको छ र हिमालयन रिइन्स्योरेन्स लगायत कम्पनीमा धेरै कारोबार भएको छ।
१४ साउन, काठमाडौं । बुधबार सेयर बजारमा कुल १६ अर्ब ४४ करोडको कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत हो । आज टप १० ब्रोकर कम्पनीमार्फत कुल ५ अर्ब ५४ करोडको खरिद हुँदा ५ अर्ब ९९ करोडको बिक्री भयो ।
टप १० ब्रोकर कम्पनीमध्ये ७ कम्पनीमार्फत बिक्री धेरै भएको छ । नासा, भिजन, सनी, इम्पेरियल, अनलाइन, त्रिशक्ति, दिपशिखामार्फत बिक्री धेरै भएको छ ।
त्यस्तै आर्यतारा, डायनामिक र दक्षिणकालीमार्फत खरिद धेरै भएको छ । आज टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, ङादी ग्रुप लगायत कम्पनी छन् । आज बजार ४७.९३ अंक घटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4