+
+
Shares

जनमतका निलम्बित उपाध्यक्ष दीपककुमार साहले गुहारे सूचना आयोग

निलम्बन गर्नुपर्ने कारणका लागि उनले पार्टीमा निवेदन दिएपछि उपलब्ध नभएपछि जवाफका लागि कानुनी प्रक्रिया अनुसार सूचना आयोगमा पुनरावेदन गर्नुपरेको बताएका छन्। साहले सूचना आयोगमा बिहीबार निवदेन दिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक कुमार साहले निलम्बन निर्णय सम्बन्धी आधारभूत प्रमाण नदिइएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिएका छन्।
  • साहलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो र उनले कारबाही पत्रप्रति असहमति जनाउँदै कानुनी प्रक्रिया अनुसार उजुरी दिएका छन्।
  • साहले आफ्नो विरुद्ध योजनाबद्ध चरित्र हत्या गर्ने गतिविधि भइरहेको र त्यसको छानबिन हुनुपर्ने माग गरेका छन्।

१५ साउन, काठमाडौं। जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक कुमार साहले निलम्बन निर्णय सम्बन्धी आधारभूत प्रमाण र कागजात उपलब्ध नगराइएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका गरेका छन् ।

साहलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय जनमतले गरेको थियो। निलम्बन गर्नुपर्ने कारणका लागि उनले पार्टीमा निवेदन दिएपछि उपलब्ध नभएपछि जवाफका लागि कानुनी प्रक्रिया अनुसार सूचना आयोगमा पुनरावेदन गर्नुपरेको बताएका छन्। साहले सूचना आयोगमा बिहीबार निवदेन दिएका हुन्।

साहले आफ्नो विरुद्ध योजनाबद्ध रूपमा चरित्र हत्या गर्ने गतिविधि भइरहेको बताएका छन्। २०८१ चैत १४ मा पठाइएको कारबाही पत्रप्रति असहमति जनाउँदै २०८१ चैत १९ मा पार्टीमा पुनरावेदन गरिएपनि कारबाही गर्नुपरेको प्रमाण नदिइएको उनले बताए।

निलम्बन निर्णयको कानुनी आधार, कारबाहीका लागि प्रयोग गरिएको प्रमाण वा उजुरीको विवरण उपलब्ध गराउन उनले माग गरेका छन्। साथै, पार्टीभित्र चरित्र हत्या गर्ने योजनाबद्ध गतिविधिहरूको छानबिन हुनुपर्ने उनको माग छ।

हेर्नुहोस् साहले सूचना आयोगमा पेश गरेको निवेदन : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?