+
+
Shares

यस्तो सहर, जहाँ मर्न बन्देज छ  

सुन्दा आश्चर्यजनक र लागू नै हुन नसक्ने जस्तो लागेपनि यो कानून स्पेनको एउटा सहरमा अस्तित्वमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १५:११

मृत्यु कसैको वशमा छैन, यो शाश्वत् सत्य हो । यसलाई टार्न पनि सकिँदैन । कहिले, कहाँ र कुन प्रकारले हाम्रो मृत्यु हुन्छ भन्ने कुरा कसलाई के थाहा ?

तर संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ यही अनिश्चित र अवश्यंभावी मृत्युलाई गैरकानूनी घोषित गर्दै मरणमा रोक लगाइएको छ ।

सुन्दा आश्चर्यजनक र लागू नै हुन नसक्ने जस्तो लागेपनि यो कानून स्पेनको एउटा सहरमा अस्तित्वमा छ ।

न्यूयोर्क पोस्टका अनुसार स्पेनको अण्डालुसियास्थित ग्रेनाडा प्रान्तको एउटा सानो सहर लान्जारोनमा त्यहाँका बासिन्दालाई मर्न रोक लगाइएको छ ।

सहरमा मानिसको मृत्युमाथि रोक लगाउने उक्त कानून त्यहाँका पूर्व मेयर जोस रुबियोले २५ वर्षअघि पहिलोपटक लागू गरेका थिए । समाचार अनुसार सन् १९९९ मा रुबियोले एक घोषणापत्र जारी गरे ।

सो घोषणपत्रमा लान्जारोनका नागरिकहरुसँग आफ्नो स्वास्थ्यको पूरा ध्यान राख्न अनुरोध गरिएको थियो ताकि स्थानीय बासिन्दाहरुको तबसम्म मृत्यु नहोस् जबसम्म नगरपालिकाले मृतकहरुको सम्मानमा विश्राम गर्नका लागि आवश्यक पर्ने भूमिको अधिग्रहणका लागि आवश्यक कदम उठाउने छैन ।

सो नीतिलाई प्रष्ट पार्दै आदेशमा भनिएको छ कि लन्जारोनमा मर्न निषेध छ ।

वास्तवमा त्यसबेला स्थानीय अन्त्येष्टिस्थलहरुमा भिडभाडको समस्यालाई शीघ्र समाधान गर्नका लागि मेयरमाथि दबाब परिरहेको थियो । उक्त समस्याले सो सहरलाई वर्षौँदेखि पिरोलिरहेको थियो ।

चिहानस्थलमा बढिरहेको भिडभाड र आवश्यक स्थानको अभावका कारण मेयर जोस रुबियोले व्यंग्यात्मक रुपमा त्यस्तो कानून लागू गरेको थिए ।

त्यसबेला मेयर रुबियोले भनेका थिए कि सबै मानिसहरुले उक्त आदेशलाई मजाकको रुपमा लिएका छन्, तथापि त्यसको पालना गर्ने तीव्र इच्छा प्रकट गरेका छन् ।

त्यसो उक्त कानून लागू भएपश्चात् सहरले विस्तारित अन्त्येष्टिस्थल प्राप्त गर्यो कि गरेन भन्ने प्रष्ट छैन । तर २६ वर्षपछि अहिलेसम्म पनि लान्जारोनमा नगरपालिकाको सीमाभित्र केवल एउटा मात्रै अन्त्येष्टिस्थल छ ।

शवको अन्त्येष्टिमाथि प्रतिबन्धका अलावा उक्त सानो ठाउँ पूर्ण रुपमा एउटा सामान्य सहर हो ।

त्यहाँ करीब ४ हजार घर छन् र प्राकृतिक सम्पदामा निकै धनी छ । हुनत कुनैपनि सहरका मेयरले आफ्ना सहरबासीलाई मर्नमै प्रतिबन्ध लगाउने कानून लागू गर्ने कुरा निकै कठोर लाग्दछ ।

तर यसो गर्नेमा केवल रुबियो मात्र एक्लो छैनन् । नर्वेको लन्गयेरब्येनमा पनि त्यहाँका बासिन्दालाई मृत्युवरण गर्न रोक लगाउने कानून सन् १९५० देखि नै लागू भईरहेको छ ।

वास्तवमा नर्वेको उक्त सहरमा २० औँ शताब्दीमा गरिएको अध्ययनले ६ फिट गहिराईमा गाडिएका शवहरु प्नि नकुहिकन सुरक्षित रहेको पाइएको थियो ।

त्यो क्षेत्र उप आर्कटिक जलवायु क्षेत्रमा रहेको हुँदा त्यसको अत्यन्तै चिसो तापमानले गर्दा शव गल्दैन र जमिनमुनि समेत मृतकको शव जस्ताको तस्तै सुरक्षित रहन्छ ।

जब वैज्ञानिकहरुले त्यहाँ गाडिएका शवहरुको परीक्षण गरे, तब ती शवमा सन् १९१७ को जिवित इन्फ्लुएन्जा भाइरस फेला पर्‍यो ।

त्यसरी गाडिएका शवहरु नकुहिने र त्यस्ता शवहरुबाट समेत रोग फैलिने खतरा बढेसँगै लन्गयेरब्येनमा शव गाड्न बन्द गरियो र वास्तवमा त्यस सहरमा मर्नमै प्रतिबन्ध लगाउने नियम लागू गरियो ।

ताकि त्यहाँ मान्छे नै नमरेपछि मानिसहरुको शव गाड्नुपर्ने झमेला नै नहोस् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?