+
+
Shares

झलनाथको अभिव्यक्तिमा माधवको प्रतिक्रिया : बोलेको हो भने पार्टीमा बस्ने ठाउँ रहेन

‘अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर’ माधव नेपालले (हाँस्दै) भनेका छन्, ‘त्यो हो भने पार्टीबाट विदा गरिदिनुपर्छ नि । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक आधारै छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १५:४८
फाइल फोटो

१६ साउन, विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन् ।

खनालले बोलेको साँचो भए पार्टीमा बस्ने ठाउँ नरहेको नेपालले बताएका छन् । विराटनगरमा पत्रकारहरुको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ खनालसँग राजीनामाको विकल्प बाँकी रहेको बताएका हुन् ।

एमाले विभाजन गलत रहेछ’ भन्ने खनालको अभिव्यक्तिप्रति पत्रकारहरूको प्रश्नमा नेपालले यस्तो बताएका हुन् ।

‘अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर’ माधव नेपालले (हाँस्दै) भनेका छन्, ‘त्यो हो भने पार्टीबाट विदा गरिदिनुपर्छ नि । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक आधारै छैन ।’

उनले थपे, ‘खुरुक्क राजीनामा दिनुपर्छ । विदा भएर जानुपर्छ ।’

खनालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए । इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले भनेका छन्, ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म । एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?