News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार सुलेमान शंकर ‘इकु’की ४२ वर्षिया पत्नी सम्झनाको साउन १० गते निधन भएको छ ।
- सम्झनालाई मिर्गौला रोगको उपचार चार वर्षदेखि हुँदै आएको थियो र अस्पतालमै मृत घोषणा गरिएको थियो।
- सम्झनाको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाहगृहमा पारिवारिक सदस्यको उपस्थितिमा गरिएको छ।
काठमाडौं । कलाकार सुलेमान शंकर ‘इकु’लाई पत्नीशोक भएको छ । उनकी ४२ वर्षीया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो ।
अघिल्लो साता निधन भएपनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो । मिर्गौला पीडित सम्झनालाई समस्या भएपछि नजिकको ह्याम्स अस्पतालमा लगिएको थियो ।
अस्पतालमै उनलाई मृत घोषणा गरियो । सम्झनाले ४ वर्षदेखि मिर्गौला रोगको उपचार गराउँदै आएकी थिइन् ।
शुक्रबार पारिवारिक सदस्यको उपस्थितीमा सम्झनाको अन्त्येष्टि गरियो । गतसाता नै निधन भएपनि छोरा अमेरिकामा रहेकाले फर्किन समय लागेपछि अहिले मात्र दाहसंस्कार गरिएको हो ।
सम्झना र इकुका एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया 4