
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्फिनिक्सले नेपालका ग्राहकका लागि सबै स्मार्टफोनमा १८ महिनाको वारेन्टी र छनोट मोडेलमा निःशुल्क स्क्रिन फेर्ने अफर सार्वजनिक गरेको छ।
- नयाँ अफरअनुसार ग्राहकले फोन एक्टिभेट गरेको १ सय दिनभित्र एकपटक स्क्रिन निःशुल्क फेर्न पाउनेछन् र योजना १७ असारदेखि १४ कात्तिक २०८२ सम्म लागु हुनेछ।
- इन्फिनिक्सले आफ्ना स्मार्टफोनमा ब्यान्ड २० कनेक्टिभिटी निरन्तरता दिएको छ जसले उच्च भूभाग र कमजोर सिग्नल क्षेत्रमा नेटवर्क र डाटा स्थिरता सुनिश्चित गर्नेछ।
काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालका ग्राहकका लागि नयाँ दुई अफर सार्वजनिक गरेको छ ।
कम्पनीले अब आफ्ना सबै स्मार्टफोनमा १८ महिनाको वारेन्टी र छनोट गरिएका मोडेलहरूमा एकपटक निःशुल्क स्क्रिन फेर्ने सुविधा दिने अफर सार्वजनिक गरेको हो ।
अबदेखि इन्फिनिक्सका सबै नयाँ उपकरणमा १८ महिनाको विस्तारित वारेन्टी लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले ग्राहकलाई थप सुरक्षा र विश्वास प्रदान गर्ने छ।
वारेन्टी विस्तारसँगै कम्पनीले ‘एकपटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट’ अफर पनि ल्याएको छ । यो सुविधा हट ५०आई, स्मार्ट१०, स्मार्ट१० प्लस, जीटी२० प्रो, जीटी३० प्रो र नोट ५०एक्स लगायत नयाँ मोडेलमा उपलब्ध हुनेछ ।
ग्राहकले फोन एक्टिभेट गरेको १ सय दिनभित्र एक पटकका लागि कुनै आकस्मिक क्षति भएमा स्क्रिन निःशुल्क फेर्न सक्नेछन् । यो योजना १७ असारदेखि १४ कात्तिाक २०८२ सम्म खरिद गरिएका फोनहरूमा लागु हुनेछ ।
यसका साथै इन्फिनिक्सले आफ्ना स्मार्टफोनमा ‘ब्यान्ड २०’ कनेक्टिभिटीलाई निरन्तरता दिएको जानकारी दिएको छ । यो प्रविधिले नेपालका उच्च भूभाग तथा कमजोर सिग्नल भएका क्षेत्रमा समेत भरपर्दो नेटवर्क र स्थिर मोबाइल डाटा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4