+
+
Shares

भारतको राष्ट्रिय चलचित्र पुरस्कार : शाहरुख खान र विक्रान्त मेस्सी सर्वश्रेष्ठ अभिनेता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते २१:०७
एआई सिर्जित तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत सरकारले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको आधिकारिक घोषणा गरेको छ।
  • शाहरुख खानले फिल्म 'जवान' का लागि पहिलो पटक सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन्।
  • विक्रान्त मेस्सीले 'टुवेल्थ फेल' का लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार शाहरुखसँग संयुक्त रूपमा प्राप्त गरेका छन्।

मुम्बई । भारत सरकारले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको आधिकारिक घोषणा गरेको छ । आफ्नो ३५ वर्षको करियरमा पहिलो पटक शाहरुख खानले फिल्म ’जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् ।

यस पटक उत्कृष्ट अभिनेताको अवार्ड दुई अभिनेतालाई संयुक्त रूपमा दिइएको छ । विक्रान्त मेस्सीले शाहरुखसँगै यो अवार्ड प्राप्त गरेका छन् । उनलाई उनको सुपरहिट फिल्म ’टुवेल्थ फेल’ को लागि उत्कृष्ट अभिनेताको रूपमा छनोट गरिएको छ ।

रानी मुखर्जीले ’मिसेस चटर्जी भर्सेस नर्वे’का लागि सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी छिन् । ’टुवेल्थ फेल’ ले सर्वश्रेष्ठ फिचर फिल्मको पुरस्कार पनि प्राप्त गरेको छ ।

’द केरल स्टोरी’ले उत्कृष्ट छायांकन र उत्कृष्ट निर्देशनको पुरस्कार प्राप्त गर्‍यो भने, ओटीटीमा रिलिज भएको सान्या मल्होत्राको ’कटहल’ उत्कृष्ट हिन्दी फिल्मको रूपमा छनोट भयो ।

रणवीर कपूरको ’एनिमल’ले उत्कृष्ट ध्वनि डिजाइनिङ अवार्ड र स्पेसल मेन्स जित्यो । विक्की कौशलको ’साम बहादुर’ले उत्कृष्ट पोशाक, उत्कृष्ट मेकअप र राष्ट्रिय, सामाजिक मूल्यमान्यता प्रवद्र्धन गर्ने उत्कृष्ट फिल्म विधामा ३ अवार्ड जित्यो ।

‘जवान’को गीत ‘चलेया’को लागि शिल्पा रावले उत्कृष्ट महिला पाश्र्व गायिकाको अवार्ड जितेकी छन् भने ‘रकी और रानी की प्रेम कहानी’को ‘धिन्डोरा बाजे’ गीतका लागि वैभवी मर्चेन्टले उत्कृष्ट कोरियोग्राफी जितेकी छन् ।

विजेता सूची :

उत्कृष्ट फिचर फिल्म : टुवेल्थ फेल
सर्वोत्तम बाल फिल्म : नाल २ (मराठी)
राष्ट्रिय, सामाजिक मूल्यमान्यता प्रवद्र्धन गर्ने उत्कृष्ट फिचर फिल्म : साम बहादुर
लोकप्रिय फिल्म : रकी और रानीकी प्रेम कहानी
डेब्यू फिल्म अफ अ निर्देशक: आशिष बेंडे, आत्मप्याम्फ्लेट (मराठी)
उत्कृष्ट फिल्म (एनिमेसन, भिएफएक्स, कमिक): हनुमान (तेलुगु)
सर्वश्रेष्ठ निर्देशन : सुदिप्तो सेन, द केरल स्टोरी
सर्वश्रेष्ठ अभिनेता: शाहरुख खान (जवान), विक्रान्त मेस्सी (१२ वीं फेल)
सर्वश्रेष्ठ अभिनेत्री : रानी मुखर्जी (श्रीमती चटर्जी भर्सेस नर्वे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?