News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले नेतृत्व हस्तान्तरणबारे नयाँ विकल्पमा जान सकिने प्रस्ताव राखेका छन्।
 - कार्कीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पदमा रहने तर सम्मानित भूमिकामा बस्ने सुझाव दिएका छन्।
 - रोटेशनमा आउने व्यक्तिलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिनुपर्ने र असफल भए प्रचण्डले विकल्प अपनाउन सक्ने कार्कीले बताए।
 
१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले नेतृत्व हस्तान्तरणबारे फरक प्रस्ताव प्रस्तुत गरेका छन् । स्थायी कमिटी बैठकमा शनिबार बोलेका सचिव कार्कीले नेतृत्व हस्तान्तरणबारे नयाँ विकल्पमा जान सकिने बताएका हुन् ।
‘संसारभर नै कम्यनिस्ट हरुमा नेतृत्व हस्तान्तरण समस्या बनेको छ । लेनिनको पनि राम्रो भएन । माओको पनि राम्रो भएन’, उनले भने, ‘मेरो सुझाव छ- अध्यक्ष स्वस्थ्य हुँदैमा हामीले एउटा तिथिको विकास गरेर जाऔं ।’
कार्कीले राखेको प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पद जाने छैन । तर प्रचण्ड सम्मानित भूमिकामा बस्नुपर्ने हुन्छ । ‘अध्यक्ष सम्मानित भएर बस्ने, अनि रोटेशनमा नेतृत्व विकास गर्ने’ कार्कीको सुझाव छ, ‘रोटेशनमा आउने व्यक्तिलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिनुपर्छ ।’
यदि रोटेशनमा आउने व्यक्तिले राम्रोसँग पार्टी चलाउन सकेन भने त्यसको विकल्पमा जान प्रचण्डले सक्ने कार्कीले तर्क गरेका छन् । ‘कार्यकारी अधिकार पाएकाले राम्रो चलाउन सकेन भने त तपाईं तान्न सकिहाल्नु हुन्छ नि’, सचिव कार्कीले भने ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4