+
+
Shares

छल्दी फाँटमा सुक्खा ठाउँमै धान रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते ८:१९

१८ साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटका कृषकहरूले सुक्खा खेतमै धान रोपेका छन् ।

पर्याप्त वर्षा नभएपछि कृषकहरुले मध्ये साउनमा कोदो रोपेझैं हिलोबिनै धान रोपेका हुन् । सामान्यतया पानी पर्याप्त भएपछि धानलाई हिलोमा रोप्ने गरिन्छ । तर, यस वर्ष वर्षा हुन सकेन । बीउ सुक्न लाग्दा पनि वर्षा नभएपछि किसानले सुक्खामै रोपाइँ गरे ।

छल्दी फाँटका कृषक जंगबहादुर खत्रीले यसपालि पानी नपरेकाले बाध्य भएर धानलाई कोदो रोपेझैं रोप्नु परेको गुनासो गरे ।

बीउ सुक्न थालेपछि जसरी हुन्छ रोप्नु पर्छ भनेर कोदो रोपेझैं रोपेको अर्का कृषक प्रकाश थापाले बताए । यसरी रोपेको धान उत्पादनमा  गिरावट आउनेप्रति कृषकहरु चिन्तित छन् ।

जमुना खत्री, नरबहादुर थापालगायतले सुक्खा ठाउँमै धानलाई रोपेका छन् । छल्दी फाँटमा झण्डै ६० जनाको ५०० भन्दा बढी रोपनी क्षेत्रफल खेत छ ।

यस वर्ष बीउ सुक्न थालेपछि श्यामलाल श्रेष्ठ, टीका रेश्मी, पूर्णप्रसाद श्रेष्ठ, राजन कुँवर, यादव पाण्डे, भविश्वर खत्री, लक्ष्मी थापालगायतले भने खोलाको पानी तानेर धान रोपाइँ गरेका छन् ।

भाडामा जेनेरेटर ल्याएर उनीहरुले छल्दी खोलाको पानी तानेर धान रोपाइँ गरेका हुन् । पानी तानेर धान रोपाइँ गरे पनि वर्षा नहुँदा उत्पादन घट्ने चिन्ता उनीहरुको छ ।

त्यस स्थानमा दुई मिटर गहिराइमा रहेको छल्दी खोलाको पानी खेत नजिकै बग्ने गर्दछ । तर, कुलो व्यवस्थापन नहुदा यहाँका कृषकहरुले आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका छन् ।

केहीले अझै पनि धान रोपाइँ गर्न सकेका छैनन् । भनेको समयमा जेनेरेटर र ट्याक्टर समेत नपाइने भएकाले छल्दी फाँटमा धान रोप्न बाँकी छ ।

स्थानीय इन्द्रबहादुर थापा, गंगा थापा, नटबहादुर खत्री, हिरा श्रेष्ठ, गोरबहादुर नेपाली, विष्णु कुँवर, ढालबहादुर खत्री, छन्दबहादुर कुँवर, प्रकाश थापा लगायतका कृषकहरुले अझै पनि रोपाइँ गर्न सकेका छैनन् । भनेको समयमा जेनेरेटर भाडामा पनि नपाउने र महङ्गो रोपाइँ हुने भएकाले पनि उनीहरु धान रोपाइँ कसरी गर्ने भन्ने चिन्तामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?