+
+
Shares

प्रहरी ऐन संशोधन : ‘स्वास्नी’ शब्द हटाइयो, क्षेत्रीय अदालतको ठाउँमा प्रदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी ऐन २०१२ को दफा १५ को (ट) लाई संशोधन गरी सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने बनाइएको छ।
  • संशोधनअघि दफा १५ को (ट) मा स्वास्नी मानिस र केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रतासाथ व्यवहार गर्ने उल्लेख थियो।
  • ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) मा क्षेत्रीय शब्दको सट्टा प्रदेश शब्द राखिएको छ।

१८ साउन, काठमाडौं । प्रहरी ऐन २०१२ संशोधन गरिएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार प्रहरी ऐन २०१२ को दफा १५ को (ट) लाई संशोधन गरिएको छ ।

(ट) मा सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र ‘स्वास्नी मानिस’ र केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रतासाथ व्यवहार गर्ने’ उल्लेख थियो । तर अहिले संशोधन गरेर ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने’ बनाइएको छ ।

यसअघि ‘स्वास्नी मानिस’ उल्लेख गरिएकोमा आलोचना र गुनासो समेत हुँदै आएको थियो ।

त्यसैगरी ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) पनि संशोधन गरिएको छ । खण्ड (ख) मा रहेको ‘क्षेत्रीय’ भन्ने शब्दको सट्टा ‘प्रदेश’ भन्ने शब्द राखिएको छ ।

खण्ड (ख) मा ‘जिल्ला प्रहरी विशेष अदालत, क्षेत्रीय प्रहरी विशेष अदालत र प्रहरी विशेष अदालतको गठन आवश्यकता अनुसार नेपाल सरकार गृह मन्त्रालयले गर्नेछ र प्रत्येक अदालतमा न्याय सेवा अधिकृतको अध्यक्षतामा एक जना प्रहरी अधिकृतसहित तीन जना सदस्यहरु रहनेछन् र कारबाही पर्ने व्यक्ति प्रहरी अधिकृत भएमा निजभन्दा तल्लो श्रेणीको अधिकृत विशेष अदालतमा रहेन छैन’ भन्ने उल्लेख थियो । यही बुँदाको क्षेत्रीय भन्ने शब्दको ठाउँमा प्रदेश राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?