
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी प्रणालीबारे गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्।
- उनले समावेशितालाई राजनीतिक पदमा पुग्नका लागि मात्र काम लाग्ने बताए।
- ओलीले कोस्टरिकासँगको वार्तामा महिलाको संख्या उदाहरण दिँदै संविधानमा उल्लेख समावेशिता कार्यान्वयन नहुने तर्क गरे।
१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी प्रणालीबारे गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समावेशिताबारे बहकिएर कुरा गर्ने गरिएको बताएका हुन् । ‘हामी बहकिएर पनि कुरा गर्छौ कहिले कहिले । इन्क्लुसिभनेस आदि इत्यादी हामीले टेम्पोररी व्यवस्था गरेको हो’, ओलीले भनेका छन् ।
समावेशी राजनीतिक पदमा पुग्नलाई मात्र काम लाग्ने उनले बताएका छन् । ‘समावेशिताबाट डाक्टर हुन्छ ? इन्जिनियर हुन्छ ? यो समावेशिता भनेको पोलिटिकल पदमा पुग्नका लागि मात्रै हो, कुनै कामको कुरा होइन’, ओलीले भनेका छन् ।
उनले समावेशी व्यवस्था संविधानमा उल्लेख समावेशिता कार्यान्वयन नहुने तर्क गरेका थिए । त्यसका निम्ति कोस्टरिकासँग भएको एउटा वार्ताको दृष्य उल्लेख गरेका छन् ।
‘मैले कोस्टरिका हेरेको छु । हाम्रो डेलिगेसनमा दुई तीन जना महिलाहरु हुनुहुन्थ्यो वार्ता गर्दाखेरी’ उनले भने, ‘उहाँहरुको ८ जना महिला थियो । दुई जना मात्रै पुरुष थियो । त्यो संविधानमा इन्क्लुसिभ राखेर होइन । इन्क्लुसिभले ८ जना महिला पुर्याउँछ र ? इन्क्लुसिभले ८ जना पुर्याउँदैन । धेरै भएको भए ५ जना पुर्याउँथ्यो ।’
प्रतिक्रिया 4