
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको अनुपस्थितिमा मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई कोशी प्रदेशको कार्यभार तोकेका छन्।
- सुमित्रा भण्डारीलाई कोशी प्रदेशको कार्यभार तोकिएको कारण मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो महाधिवेशनमा पर्शुराम खापुङ प्रमुख अतिथिको रूपमा सहभागी हुन जानु हो।
- राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम मधेश प्रदेशका प्रमुखलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको छ।'
१८ साउन, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रखेश प्रमुखलाई तोकेका छन् ।
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको अनुपस्थितिमा राष्ट्रपति पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।
‘…२०८२/४/१८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अ तिथिको रुपमा सहभागी हुन मलेसिया जाने हुनु भएको हुँदा उहाँको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम मधेश प्रदेशका प्रमुखलाई तोक्नु भएको छ।’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा छ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :
प्रतिक्रिया 4