
१८ साउन, काठमाडौं । ठमेलकोे नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङविरुद्ध म्याद थप भएको छ ।
गुरुङविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ घर भएका ३७ वर्षीय गुरुङ शनिबार पक्राउ परेका थिए ।
१४ साउनमा ठमेलकै दोहोरी साँझमा गुण्डागर्दीमा संलग्न भनिएका सानुभाइ भनिने युवराज गुरुङ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो ।
सो क्रममा दुई पक्षका तीन जनालाई त्यतिबेलै प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो । क्लब सञ्चालकले नै प्रहरीलाई खबर गरेपछि सानुभाइसहित अर्को समूहका दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ पक्राउ गरेका थिए ।
यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरू दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4