+
+
Shares

सुटकेसमा बच्चासहित यात्रा गर्ने न्युजिल्याण्डकी एक महिला पक्राउ

‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुर्व्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ ।

रासस रासस
२०८२ साउन १८ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्याण्डमा आइतबार एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा दुई वर्षीया बालिकालाई दुर्व्यवहार र बेवास्ता गरेको आरोपमा पक्राउ गरिएको छ।
  • काइवाका बस डिपोमा बस चालकले झोलाभित्र दुई वर्षीया बालिका भेटेपछि प्रहरीलाई खबर गरेका थिए, जसलाई अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ।
  • पक्राउ परेकी २७ वर्षीया महिलाले बालिकालाई अस्तव्यत अवस्थामा छोडेकी थिइन् र बालबालिका मन्त्रीलाई जानकारी दिइएको छ।

१८ साउन, काठमाडौं । न्युजिल्याण्डकी एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ ।

‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुर्व्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ ।

अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकामा रहेको बस डिपोमा बस चालकले एउटा झोलाभित्र केही चलिरहेको पाएपछि प्रहरीलाई बोलाइएको थियो ।

‘चालकले प्रहरीको अगाडी सुटकेस खोल्दा उनीहरूले त्यहाँ दुई वर्षीया बालिकालाई भेट्टाएका थिए,’ ह्यारिसनले भने ।

‘सानी केटी आत्तिएर निकै तातो भएको रिपोर्ट गरिएको थियो तर अन्यथा शारीरिक रूपमा उनको कुनै क्षति भएको थिएन।’

ती महिलाले आफ्नो सुटकेस र अन्य सामान बसका यात्रुको तल छुट्टै कम्पार्टमेन्टमा राखेकी थिइन् । ह्यारिसनका अनुसार अहिले ती बालिकाको अस्पतालमा व्यापक स्वास्थ्य परीक्षण भइरहेको छ ।

बालिकालाई अस्तव्यत छोडिएको अवस्थामा २७ वर्षीया एक महिला पक्राउ परेकी छन् । न्युजिल्यान्डका बालबालिका मन्त्री ओरंगा तामरिकीलाई यसबारे जानकारी दिइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?