+
+
Shares

देशभरि ८३ प्रतिशत बढी धान रोपाइँ

अघिल्लो वर्ष २० साउनसम्म भने ९६.४७ प्रतिशत धान रोपाइँ सकिएको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा १२.५९ प्रतिशत रोपाइँ कम भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यस वर्ष १८ साउनसम्म देशभरि ८३.८८ प्रतिशत धान रोपाइँ सकिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.५९ प्रतिशत कम हो।
  • मन्त्रालयका अनुसार मधेस प्रदेशमा सबैभन्दा कम ५७.२८ प्रतिशत धान रोपाइँ भएको छ, जुन अघिल्लो वर्षको ९५.२८ प्रतिशतभन्दा कम हो।
  • सुदूरपश्चिम प्रदेशमा यस वर्ष ९९.७२ प्रतिशत, कर्णालीमा ९६.४७ प्रतिशत, र लुम्बिनीमा ९५.९६ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ।

१८ साउन, काठमाडौं । यस वर्ष १८ साउनसम्म देशभरि ८३ प्रतिशत बढी धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म देशभरि ८३.८८ प्रतिशत धान रोपाइँ सकिएको हो ।

अघिल्लो वर्ष २० साउनसम्म भने ९६.४७ प्रतिशत धान रोपाइँ सकिएको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा १२.५९ प्रतिशत रोपाइँ कम भएको छ ।

देशभरि १३ लाख ९१ हजार ३ सय २१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा ११ लाख ५६ हजार ६ सय ८७.८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको तथ्यांकले देखाउँछ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा यस वर्ष ९९.७२ प्रतिशत रोपाइँ भएको छ । कुल १ लाख ७६ हजार १ सय ५१ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५७ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष २० साउनसम्म शतप्रतिशत रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा यस वर्ष ९६.४७ प्रतिशत रोपाइँ भएको छ । कुल ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ५९४.९४ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष २० साउनसम्म कर्णालीमा ९९ प्रतिशत रोपाइँ भएको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशमा यस वर्ष ९५.९६ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । कुल ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमध्ये २ लाख ९९ हजार ७ सय ८ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष २० साउनसम्म उक्त प्रदेशमा ९७ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा यस वर्ष ८८.९७ प्रतिशत रोपाइँ भएको छ । कुल ९४ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमध्ये ८३ हजार ७९४.२ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष गण्डकीमा २० साउनसम्म ९६ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा यस वर्ष ९२.९२ प्रतिशत रोपाइँ भएको छ । कुल १ लाख १५ हजार ६२१.२५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७ हजार ४३४.२७ हेक्टरमा रोपाइँ भएको छ । अघिल्लो वर्ष २० साउनसम्म बागमतीमा ९७ प्रतिशत रोपाइँ भएको थियो ।

यस्तै मधेस प्रदेशमा १८ साउनसम्म सबैभन्दा कम जम्मा ५७.२८ प्रतिशत रोपाइँ भएको छ । कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख १३ हजार ४३८.९५ हेक्टरमा रोपाइँ सकिएको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष २० साउनसम्म मधेसमा ९५.२८ प्रतिशत रोपाइँ भएको थियो ।

कोशी प्रदेशमा १८ साउनसम्म ८९.०३ प्रतिशत धान रोपाइँ भएको छ । कुल २ लाख ७६ हजार ३८६.७३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये २ लाख ४६ हजार ६५.४४ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष २० साउनसम्म कोशीमा ९५ प्रतिशत रोपाइँ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?