
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक अशोक थापामगरले नयाँ फिल्म 'जलाकी' निर्माण गर्दैछन् जसको पहिलो चरणको छायांकन चैतमा सकिएको छ।
- 'जलाकी'मा अभिनेत्री उपासनासिंह ठकुरीले मुख्य भूमिका निभाउँदैछिन् र धीरज मगरसँग स्क्रिन सेयर गर्दैछिन्।
- फिल्मले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउनेछ र छायांकन रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियामा हुनेछ।
काठमाडौं । यसअघिको हिट फिल्म ’खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरले नयाँ फिल्म ’जलाकी’ निर्माण गर्दैछन् । चैतमा यस फिल्मको पहिलो चरणको छायांकन सकिएको छ ।
फिल्मको दोस्रो र तेस्रो चरणको छायांकन तयारी छ । ’खुस्मा’बाट अभिनेत्री उपासनासिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको नेसनल अवार्ड समेत जितेकी छन् ।
’जलाकी’मा पनि उपासनाको मुख्य भूमिका छ । उनले यो फिल्ममा धीरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन् । ’खुस्मा’मा पनि उनको जोडी धीरजसँग बाँधिएको थियो ।
त्यसैले पनि यो जोडीको ’जलाकी’ दर्शकको प्रतिक्षामा रहने देखिन्छ । सोमबार यो फिल्मका दुई पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उपासना र धीरजलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।
‘मिस सिक्किम’ सौन्दर्य प्रतियोगिताकी विजेता साहारा हाङमा लिम्बुले नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) पनि छन् ।
’जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने यो फिल्मको छायांकन पहिलो, दोस्रो र तेस्रो गरि ३ चरणमा हुने जनाइएको छ ।
रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भूभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो फिल्मले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउँछ । निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।
एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको फिल्मको छायाँकारमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।
प्रतिक्रिया 4