
१९ साउन, काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ ।
छलफलमा स्वास्थ्य मन्त्रालयले विशिष्टिकृत सेवा र सेवा विस्तार गर्न संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २ हजार १ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ७ प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाह छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायत जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए ।
त्यस्तै स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डीपीआर, जलन उपचार लगायत विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया 4