
१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेताका रूपमा अघि देखिएको बताएका छन् ।
राजनीतिक जिम्मेवारी र भूमिकाका कारण प्रचण्ड राजनेता बनेको भन्दै यसलाई उनले खुसीको कुरा भएको भनेर ब्याख्या पनि गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकको आज अन्तिम दिन सम्बोधन गर्दै महासचिव गुरूङले यस्तो बताएका हुन् ।
उनले अहिले प्रचण्डको नेतृत्व नै आवश्यक रहेकाले त्यसबारेमा विवाद गर्न नहुने पनि बताए ।
‘बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनुभएको थिएन,’ बैठकमा गुरूङले राखेको धारणा उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत छ ।’
उनले आन्दोलनले नै नेता जन्माउने र बनाउने भएकाले प्रचण्ड नै अहिलेको नेता भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4