+
+
Shares

कांग्रेसले थाल्याे ‘प्राकृतिक स्रोत मीमांसा’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको प्राकृतिक स्रोत विभागले \'जडीबुटी विशेष : बालीदेखि बजार\'सम्म शीर्षकमा प्राकृतिक स्रोत मीमांसा कार्यक्रम सुरु गरेको छ।
  • कार्यक्रममा जडीबुटी क्षेत्रको उत्पादन, संकलन, प्रशोधन र बजार प्रवर्द्धनका विषयमा गहन छलफल भएको आयोजकले जनाएको छ।
  • विभाग सचिव नवराज त्रिपाठीले नीतिगत समस्याका कारण जडीबुटी उपयोग हुन नसकेको र समाधानका उपाय छलफल भएको बताउनुभयो।

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको प्राकृतिक स्रोत विभागले प्राकृतिक स्रोत मीमांसा कार्यक्रम सुरु गरेको छ ।

‘जडीबुटी विशेष : बालीदेखि बजार’सम्म शीर्षकमा प्राकृतिक स्रोत मीमांसाको पहिलो कार्यक्रम विभागले गरेको हो ।

कार्यक्रममा जडीबुटी क्षेत्रको उत्पादन, संकलन, प्रशोधन र बजार प्रवर्द्धनका विषयमा गहन छलफल भएको आयोजकले जनाएको छ ।

जडीबुटी किसान, संकलक, निजी औषधि उत्पादक, सरकारी उत्पादक, जडीबुटी उत्पादन कम्पनी लि. का प्रतिनिधि सहित विज्ञहरुको सहभागितमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, रमा कोइराला, कुसुम थापा, लीला बोखिम र बीना कुमारी ठनौतको उपस्थिति रहेको कार्यक्रममा रहेको थियो ।

छलफलले जडीबुटी क्षेत्रको सम्भावना, चुनौती र नीतिगत सुधारमा जोड दिएको आयोजकको भनाइ छ ।

‘नेपालमा प्रशस्त मात्रामा जडीबुटी पाइन्छ । वनमा पनि धेरै छ । तर, सबै कुहिएर जान्छ ।

नीतिगत समस्याका कारण उपयोग हुनसकेको छैन । त्यसैले यी कुराको समस्या कसरी समाधान गर्न सकिन्छ र जडीबुटीको भरपुर उपयोग कसरी गर्न सकिन्छ भनेर छलफल भयो,’ विभाग सचिव नवराज त्रिपाठीले भने ।

त्यस्तै, विभाग प्रमुख तारामान गुरुङले भने, ‘हाम्रो यो विभाग संगठन विस्तारको लागि भन्दा पनि नीतिगत कामको लागि हो । यस्ता विषयमा हामी निरन्तर छलफल र नीतिगत पहल गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?