+
+
Shares

भारतको उत्तराखण्डमा आरीघोप्टे वर्षापछि भीषण बाढी, ४ जनाको मृत्यु, ५० बेपत्ता

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको उत्तराखण्डको उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे वर्षाका कारण ४ जनाको मृत्यु र ५० जना बेपत्ता भएका छन्।
  • उत्तरकाशीका डीएम प्रशान्त आर्यले लेदोसहितको बाढीले भौतिक संरचनाहरूमा क्षति गरेको उल्लेख गरे।
  • मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको बताए।

२० साउन, काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले यस सम्बन्धमा वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।

हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा भीषण बाढी आएको हो । भीषण बाढीपछि गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ ।

एक प्रत्यक्षदर्शीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्, ‘होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ, मैले पहिले कहिल्यै यस्तो विपत्ति देखेको थिइनँ ।’

बाढीग्रस्त क्षेत्रमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धारका टोलीहरू परिचालन भइसकेका छन् ।

भारतीय सेनाले अहिलेसम्म कम्तीमा १५ जनाको उद्धार समेत गरिसकेको छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?