+
+
Shares

प्लाष्टिक प्रदूषण नियन्त्रणमा बाध्यकारी कानुन बनाउन जेनेभामा निर्णायक वार्ता

ग्लोबल प्लाष्टिक सन्धि अनुमोदन प्रयास

सन् २०२२ मा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले कानुनी रुपमा बाध्यकारी सम्झौता बनाउने निर्णय गरेका थिए, जसलाई ग्लोबल प्लाष्टिक सन्धि भनिन्छ ।

दीपक अधिकारी दीपक अधिकारी
२०८२ साउन २० गते १८:३८

२० साउन, जेनेभा (स्वीट्जरल्यान्ड) । समुद्री वातावरण सहित प्लास्टिक प्रदूषण नियन्त्रणमा बाध्यकारी अन्तर्राष्ट्रिय कानुनी उपकरण विकास गर्न स्वीट्जरल्यान्डको जेनेभामा निर्णायक वार्ता सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम र स्वीटजरल्यान्ड सरकारको आयोजनामा ग्लोबल प्लाष्टिक सन्धि अनुमोदनको प्रयासस्वरुप निर्णायक वार्ता सुरु भएको हो ।

अन्तरसरकारी वार्ता समितिको पाँचौं सत्रको दोस्रो भाग (आईएनसी ५.२) नाम दिइएको वार्तामा १५९ देशका सरकारी प्रतिनिधि, पर्यवेक्षक सहभागी छन् ।

सत्रले सम्झौताको पाठलाई अन्तिम रूप दिई अनुमोदन गर्ने र यसलाई भविष्यमा हुने पूर्णाधिकारीहरूको कूटनीतिक सम्मेलनमा पेश गरिने छ ।

सन् २०२२ मा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले कानुनी रुपमा बाध्यकारी सम्झौता बनाउने निर्णय गरेका थिए, जसलाई ग्लोबल प्लाष्टिक सन्धि भनिन्छ ।

यस सन्धिमा प्लाष्टिकको सम्पूर्ण जीवनचक्र समेटिएको छ । २०२२ मा बाध्यकारी कानुनी सम्झौता बनाउने निर्णय भए पनि यसले मूर्त रुप लिन भने सकिरहेको छैन् ।

केही राष्ट्रले आ–आफ्ना सरोकारको सम्बोधन नभएको भन्दै समय लिइरहेका छन् । सन्धि अनुमोदनका लागि पाँचौं चरणको पहिलो वार्ता दक्षिण कोरियामा गत वर्ष भएको थियो । सो वार्ताले सहमति जुटाउन नसकेपछि जेनेभामा पाँचौं चरणको दोस्रो भाग सुरु भएको हो ।

१४ अगस्टसम्म चल्ने दोस्रो सत्रको उद्घाटन सत्रमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सहसचिव शिव वाग्ले, उपसचिव शोभाकर रेग्मी, सिफेडका कार्यकारी निर्देशक वातावरणविद् रामचरित्र साह लगायत सहभागी छन् ।

उद्घाटन सत्रपछि विभिन्न देशहरूबीच समूहगत छलफल हुनेछन् । त्यसमा नेपालले पनि आफ्नो धारणा प्रस्तुत गर्ने सहसचिव वाग्लेले जानकारी दिए ।

नोभेम्बर र डिसेम्बर २०२४ मा दक्षिण कोरियाको बुसानमा आईएनसी ५को बैठक भएको थियो । त्यसअघि २०२४ को अप्रिलमा ओटावामा आईएनसी ४, २०२३ को नोभेम्बरमा नैरोबीमा आईएनसी ३ का बैठक भएका थिए ।

लेखक
दीपक अधिकारी

अधिकारी अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?