
Photo Credit : Getty Images
News Summary
Generated by OK AI. Editorially reviewed.- गाजामा मानवीय सहायता बोकेको ट्रक भिडमाथि पल्टिँदा २० जना प्यालेस्टिनीको मृत्यु भएको छ।
- महमुद बस्सलले मध्य गाजा पट्टीको शरणार्थी शिविर नजिकै मंगलबार मध्यरातमा घटना भएको जानकारी दिए।
- इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको र संयुक्त राष्ट्र संघले मे महिनाको अन्त्यसम्म १ हजार ३ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ।
काठमाडौं । गाजामा मानवीय सहायता बोकेको ट्रक भिडमाथि पल्टिँदा २० जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
हमास नियन्त्रित मिडिया कार्यालयका अनुसार गाजामा मानवीय सहायता बोकेको ट्रक भिडमाथि पल्टिएको हो । यो दुर्घटनाबाट दर्जनौं मानिस घाइते भएका छन् ।
हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बस्सलले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार मध्य गाजा पट्टीको शरणार्थी शिविर नजिकै मंगलबार मध्यरातमा यो घटना भएको हो ।
इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार मे महिनाको अन्त्यसम्म खाद्यान्नको खोजीमा १ हजार ३ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4