News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी यू–१७ महिला एसियन कप २०२६ को छनोट चरणका लागि ड्र मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा सम्पन्न भएको छ।
- नेपाल समूह एफमा परेको छ जहाँ थाइल्याण्ड र तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
- छनोट चरण अक्टोबर १३ देखि १७ सम्म हुनेछ र फाइनल चरण २०२६ अप्रिल ३० देखि मे १७ सम्म चीनमा हुनेछ।
२२ साउन, काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप २०२६ को छनोट चरणका लागि ‘ड्र’ सम्पन्न भएको छ । बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा ड्र सम्पन्न भएको हो।
ड्र अनुसार नेपाल समूह एफमा परेको छ। यस समूहमा नेपालसँगै आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तान छन् ।
कुल २७ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ जहाँ तीनवटा समूहमा ४ टोली र पाँचवटा समूहमा ३ टोली रहनेछन्।
छनोट चरण अक्टोबर १३ देखि १७ सम्म सिंगल राउन्ड रोबिन फर्म्याटमा हुनेछ । समूह विजेता आठ टोली फाइनल चरणमा पुग्नेछन्। फाइनल चरण २०२६ अप्रिल ३० देखि मे १७ सम्म चीनमा हुनेछ।
फाइनल चरणमा ८ समूह विजेता र ४ टोली (उत्तर कोरिया, जापान, दक्षिण कोरिया, र चीन यसअघि स्वत: छनोट भइसकेका) गरी १२ टोली सहभागी हुनेछन् ।
सबै समूहको विवरण
समूह ए: फिलिपिन्स, मलेसिया, ताजिकिस्तान, सिरिया
समूह बी: इरान, लेबनान, कुवेत, साउदी अरेबिया
समूह सी: इन्डोनेसिया, म्यानमार, मंगोलिया, मकाउ
समूह डी: भियतनाम, हङकङ, चीन, गुआम
समूह ई: अष्ट्रेलिया, सिंगापुर, नर्थर्न मरियाना आइल्यान्ड्स
समूह एफ: थाइल्याण्ड, नेपाल, तुर्कमेनिस्तान
समूह जी: भारत, उज्बेकिस्तान, कीर्गिस्तान
समूह एच: बङ्गलादेश, चाइनिज ताइपेई, जोर्डन
प्रतिक्रिया 4