News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियाको क्वालालम्पुरमा हुने खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बुधबार बिदाइ गरिएको छ।
- पुरुषका विभिन्न तौल समूहमा ४ खेलाडीले नेपाललाई प्रतिनिधित्व गर्ने छन्।
- टोली प्रमुख महेन्द्रराज घिमिरे र प्रशिक्षक श्रीकृष्ण खड्का रहेका छन्।
२१ साउन, काठमाडौं । मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीलाई बुधबार बिदाइ गरिएको छ ।
मलेसियाको क्वालालम्पुरमा अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ५६ केजीमुनि आयुश बोहरा, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ र ७४ केजीमुनि सन्दिप बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
आयुशले एकल पुम्सेमा पनि खेल्ने छन् । टोली शुक्रबार क्वालालम्पुर प्रस्थान गर्ने छ ।
टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा प्रशिक्षकमा श्रीकृष्ण खड्का रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4