
News Summary
Generated by OK AI. Editorially reviewed.- हाइलाइफले नयाँ उत्पादनका रूपमा एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र जीआई राइस बजारमा ल्याएको छ।
- कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले हाइलाइफले एफएमसीजी अन्तर्गत २० वटा उत्पादन बजारमा ल्याएको बताए।
- हाइलाइफ फुड्सले गुणस्तर, पौष्टिकता र सुलभतामा जोड दिँदै देशभर खुद्रा विक्रेता र अनलाइनमा चामल उपलब्ध गराएको छ।
काठमाडौं । हाइलाइफले नयाँ उत्पादनका रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ । काठमाडौंमा आयोजित हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेल लगायत सञ्चालकले हाइलाइफको नयाँ प्रडक्टका रूपमा बासमती चामल सार्वजनिक गरे ।
कम्पनीका अनुसार हाइलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जीआई राइस’ बजार ल्याएको हो ।
नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वास मध्यनजर गर्दै हाइलाइफ फुड्सले नयाँ प्रडक्टका रूपमा प्रिमियम बासमती चामल बजार ल्याएको हो । जीआई राइस डायबेटिक बिरामीका लागि पनि उपयुक्त हुने जनाइएको छ ।
लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरको भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
अन्य बासमती चामलका तुलनामा हाइलाइफ फुड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्त्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।
अध्यक्ष पौडेलले भने, ‘आजसम्म हाइलाइफले एफएमसीजी अन्तर्गत विभिन्न २० वटा प्रडक्ट बजारमा ल्याएको छ, जसमा कुरुमकुरुम चिउरादेखि, चोकोप्लस, कर्न्फ्लेक्स, मसौरा, बेसन, पिनट बटर, मुसली, केचप, जाम, बदाम, चिया सिड्स, पेस्ता लगायत प्रमुखमा पर्छन ।’
अब आम उपभोक्ताको मागका आधारमा बासमती चामल ल्याएको उनको भनाइ छ । उनले कम्पनीलाई अब एफएमसीजीमा नयाँ ढंगले लैजाने र उपभोक्ताको पहिलो रोजाइको कम्पनी बनाउने योजनासाथ अगाडि बढाइरहेको बताए ।
हाइलाइफ फुड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, ‘प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराइ स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ ।’
उनका अनुसार हाइलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक समेत छ । पछिल्लो समय हाइलाइफ फुड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ । कम्पनीले किसान, उपभोक्ता र समुदाय लक्षित गर्दै रोजगारी सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएको छ ।
अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युग अनुकूल सेवा प्रणाली मार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाइलाइफ फुड्सको लक्ष्य छ ।
गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्ड पालना गर्ने जनाएको छ ।
उपभोक्ताको आवश्यकता र जीवनशैली अनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहकार्य, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्त हुन् ।
दीर्घकालीन विश्वसनीयता र सुदृढ व्यवस्थापन क्षमतामा केन्द्रित रही कम्पनी अघि बढिरहेको छ ।
हाल हाइलाइफ प्रिमियम बासमती चामल देशभरिका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्ल्याटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसले गुणस्तर र मूल्यबीचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ । हाइलाइफको चामल १ किलो, ५ किलो र २० किलोमा बजारमा उपलब्ध हुनेछ ।
हाइलाइफ फुड्सले चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्यवस्तु उत्पादन तथा वितरण गर्दै आएको छ ।
प्रतिक्रिया 4