+
+
Shares

पिज्जा हटमा अब हरेक शुक्रबार ‘अनलिमिटेड पिज्जा फ्राइडे’ 

ग्राहकले सिजलिङ सेजवान मिटबल, किमा मसला, चिकेन ससेज, स्पाइस्ड पनिर, भेजिज फिस्ट र मार्गेरिटाका साथै गार्लिक ब्रेडस्टिक्स र पेप्सीको असीमित सभिङको आनन्द लिन सक्ने पिज्जा हटले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पिज्जा हटले २३ साउनदेखि देशभरिका सबै आउटलेटमा प्रत्येक शुक्रबार अनलिमिटेड पिज्जा फ्राइडे अफर सुरु गर्ने भएको छ।
  • ग्राहकले ७ सय ९९ रुपैयाँमा पर्सनल प्यान पिज्जा, गार्लिक ब्रेडस्टिक्स र पेप्सीको असीमित सर्भिङ पिज्जा हटमा पाउनेछन्।
  • यो अफर पिज्जा हटका दरबारमार्ग, आइप्लेक्स मल बानेश्वर, भाटभटेनी, र अन्य प्रमुख स्टोरहरूमा उपलब्ध हुनेछ।

२२ साउन, काठमाडौं । नेपालमा एकदमै मन पराइएको र विश्वासिलो पिज्जा ब्रान्ड ‘पिज्जा हट’ ले देशभरिका आफ्ना आउटलेटमा २३ साउदेखि ‘अनलिमिटेड पिज्जा फ्राइडे’ अफर सार्वजनिक गर्ने भएको छ ।

कम्पनीका अनुसार प्रत्येक शुक्रबार ग्राहकले ७ सय ९९ रुपैयाँमा पर्सनल प्यान पिज्जा, गार्लिक ब्रेडस्टिक्स र रिफ्रेसिङ पेप्सीको असीमित सर्भिङको आनन्द लिन सक्नेछन् । यो अफर नेपालका सबै पिज्जा हट स्टोरमा उपलब्ध हुने र पिज्जा हटमै बसेर खाने ग्राहकका लागिमात्र मान्य हुनेछ ।

ग्राहकले सिजलिङ सेजवान मिटबल, किमा मसला, चिकेन ससेज, स्पाइस्ड पनिर, भेजिज फिस्ट र मार्गेरिटाका साथै गार्लिक ब्रेडस्टिक्स र पेप्सीको असीमित सभिङको आनन्द लिन सक्ने पिज्जा हटले जनाएको छ ।

अनलिमिटेड पिज्जा फ्राइडे अफर पिज्जा हटका स्टोर दरबारमार्ग, आइप्लेक्स मल बानेश्वर, भाटभटेनी, राधेराधे, लबिम मल, बौद्ध, सिटी स्क्वायर मल, सामाखुशी, सुखानगर, बुटवल, सेन्चुरियन मल, विराटनगर र द स्काइलाइन मल वीरगन्जमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?