+
+
Shares

कांग्रेस बागमती संसदीय दलको प्रमुख सचेतकमा बादे, सदस्य सचिवमा महर्जन

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार काभ्रेका प्रदेशसभा सदस्य बादेलाई प्रमुख सचेतक र ललितपुरका प्रदेशसभा सदस्य तथा पूर्वखेलकुदमन्त्री महर्जनलाई सदस्य सचिव नियुक्त गरेका हुन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १३:२४

२३ साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् ।

संसदीय दलको सदस्य सचिवमा मिनकृष्ण महर्जन पनि नियुक्त भएका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार काभ्रेका प्रदेशसभा सदस्य बादेलाई प्रमुख सचेतक र ललितपुरका प्रदेशसभा सदस्य तथा पूर्वखेलकुदमन्त्री महर्जनलाई सदस्य सचिव नियुक्त गरेका हुन ।

संसदीय दलमा यसअघि प्रमुख सचेतकमा धादिङका गोविन्द लम्साल र सचिवमा सिधुपाल्चोकका कृष्ण तामाङ थिए । तामाङ मुख्यमन्त्री बानियाँ नेतृत्वको मन्त्रिपरिषदमा खानेपानी, उर्जा तथा सिचाईं मन्त्री भएका छन्।

यसअघिका प्रमुख सचेतक लम्साललाई भने निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले गत १४ साउनमा आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका थिए । तर, लम्सालले सपथ लिएन पाएनन भने बहादुरले १४ साउनमा दलको नेता नयनका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएपछि १८ साउन साँझ पदबाट राजीनामा दिएका थिए ।

कांग्रेस बागमतीको विधानमा दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । ९ साउनमा दलको नेता बहादुरविरूद्द अविश्वासको प्रस्ताव दर्ता भएको थियो। १३ साउनमा प्रस्तावमाथि मतविभाजन हुँदा बहुमत दलका सदस्यले प्रस्तावको पक्षमा मत दिएपछि बहादुरले दलको नेताको हैसियत गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?