
News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई उदाउँदो सिलिकन भ्यालीको रूपमा हेरिएको बताएका छन्।
- गुरुङले नेपाल-जापान आईटी फोरम-२०२५ मा डिजिटल अर्थतन्त्र दह्रो बनाउन नीति र लगानीमैत्री वातावरण निर्माणमा काम भइरहेको बताए।
२२ साउन, काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई उदाउँदो सिलिकन भ्यालीको रूपमा हेरिएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल-जापान आईटी फोरम-२०२५ मा मन्त्री गुरुङले विश्वमा नेपाललाई दक्षिण एसियाको उदाउँदो सिलिकन भ्यालीको रूपमा हेर्ने गरिएको बताएका हुन् ।
साथै गुरुङले डिजिटल अर्थतन्त्र दह्रो बनाउन नीति र लगानीमैत्री वातावरण निर्माणमा काम भइरहेको बताए ।
‘आईटी क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्ड बनाउने सरकारको दृढ योजना छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4