+
+
Shares

स्थानीयको विरोधपछि वसन्तपुरमा महानगरले थाल्यो पानी भरणमैत्री संरचनाको काम (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्रमा पानी भरण गर्ने संरचना बनाउन कंक्रिट र पुरानो पिच भत्काउने काम सुरु गरेको छ।
  • उपमेयर सुनिता डंगोलको नेतृत्वमा गठित अनुगमन समितिले स्थानीयको गुनासोपछि कंक्रिट ढलान रोकेर पानी भरणमैत्री संरचना बनाउने निर्णय गरेको छ।
  • स्थानीयको मागअनुसार पानी जमिनमुनि सहजै पुग्ने संरचना बनाउन कंक्रिट र सिमेन्ट प्रयोग नगर्ने निर्णय भएको छ।

२३ साउन, काठमाडौं। काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्रमा पानी भरण (रिचार्जेबल) गर्ने संरचना बनाउन कंक्रिट र पुरानो पिच भत्काउने काम सुरु गरेको छ ।

उपमेयर सुनिता डंगोलको नेतृत्वमा गठित अनुगमन समितिले स्थानीयको गुनासोपछि कंक्रिट ढलान रोकेर पानी भरणमैत्री संरचना बनाउने निर्णय गरेको हो ।

महानगरले सुरुमा बसन्तपुरमा पानी भरण गर्ने र तारहरू भूमिगत गर्ने योजनाअन्तर्गत तीनवटा डक राख्ने निर्णय गरेको थियो । तर, पछि कंक्रिट र सिमेन्ट प्रयोग गरेर ढलान गर्न थालेपछि स्थानीय र सरोकारवालाले विरोध जनाए ।

स्थानीय गणपति लाल श्रेष्ठले भने, ‘हामीले सुरुदेखि नै कंक्रिट हटाएर पानी भरणमैत्री संरचना बनाउनुपर्छ भनेका थियौं ।’

श्रेष्ठकाअनुसार विरोधपछि उपमेयर डंगोल स्थलगत अनुगमनमा पुगिन् र अनुगमन समितिले समुदायसँग कुराकानी गरी कंक्रिट प्रयोग नगर्ने र पुरानो पिच भत्काउने निर्णय भएको हो ।

‘हामीले स्थानीयको मागअनुसार पानी जमिनमुनि सहजै पुग्ने संरचना बनाउन कंक्रिट र सिमेन्ट प्रयोग नगर्ने निर्णय भएको छ । सोहीअनुसार दुई दिनदेखि पानी भरणमैत्री संरचना बनाउन थालेको छ,’ उनले भने ।

तस्वीरहरू : विकास श्रेष्ठ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?