+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
चितवन राइनोज 2025
0/0
Shares

क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १८:०२

१८ मंसिर, काठमाडौं । क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिम रोoल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबारको डे-नाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १६९  रन बनाएको हो ।

नियमित ओपनर जोश ब्राउनलाई आराम दिएपछि विनोद भण्डारीसँग ओपनिङ गरेका लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । लिन १७औं ओभरपछि रिटायर अर्ट भएका थिए ।

लिनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४६ रनको साझेदारी गरेका थिए । यस्तै पाँचौ विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गरे ।

आरिफ शेखले र कप्तान दीपेन्द्रले अविजित रहँदै समान २४ रन बनाए ।

लिन रिटायर अर्ट भएपछि १८औं ओभरको सुरुमा क्रिजमा गएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै १४ बल खेल्दै २ छक्का प्रहार गरे । आरिफले १६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन जोडे ।

बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?