
२३ साउन, काठमाडौं । ३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौंमा र्याली निकालेको छ ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंको शान्तिबाटिकाबाट र्याली निकालिएको हो ।
विभिन्न जातिगत भेषभूषा तथा झाँकीसहित शान्तिबाटिकाबाट सुरु भएको र्याली पुतलीसडक हुँदै राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।
महासंघले राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
बिहीबार पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), फूड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) र युनेस्को नेपालको संयुक्त सहकार्यमा वसन्तपुर दरबार क्षेत्रमा विश्व आदिवासी दिवस मनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4